तिमी सुनाउ मलाई
गाउको खबर चिठिहरुमा .........
पत्रहरुमा.....
मिग्र कालिज म नहुदा बन छाडे की
रितोपनको आवासले खोजी गरे की
हिमाल हास्ने मेरो देशलाई समुन्द्रले छेक्यो
प्रबासमा हासे रोए खै कसले नै देख्यो....?
तिमी सुनाउ मलाई गाउको खबर
चिट्ठीहरुमा.....
पत्रहरुमा......
बाछा बाख्रा बलेख्रा नी भोकै भए की
माउ जति दाम्लो चुदाइ चर्न गए की
गुरास फुल्ने मेरो देशलाई बालुवाले छेक्यो
प्रबासमा हासे रोए खै कसले नै देक्यो...?
तिमी सुनाउ मलाई गाउको खबर
चिट्ठीहरुमा.....
पत्रहरु........
फुलिरहने बुकी फुल फुल्न छाड्यो की
मलाई दिने सुबासहरु अन्तै बाड्यो की
डाफे नाच्ने मेरो देशलाई बालुवाले छेक्यो
प्रबासमा हासे रोए खै कसले नै देख्यो
तिमी सुनाउ मलाई गाउको खबर
चिठिहरुमा.....
पत्रहरुमा .......
के गर्दैछ कुम्भकर्न लुम्बिनी र फेवा
कति फले बारी भरी सुन्तला र मेवा
कोइली बोल्ने मेरो पाखा समुन्द्रले छेक्यो
प्रबासमा हासे रोए खै कसले नै देक्यो
तिमी सुनाउ मलाई गाउको खबर
चिठिहरुमा......
पत्रहरुमा
No comments:
Post a Comment