Monday, March 7, 2011

कबिता - "चेतनाको सङ्गीनले लड्दैछु

कबिता
क्रान्तीमा तिमी माथीको विश्वाश
र मेरो अर्धचेतना
म त कसैको भरौटे पो भएछु......

चेतनाले लडेको भए

जन्मजमान्तर मेरो बस्ती
काल कोठारीमा हुने थिएन ,
युगयुगान्तर 'मुक्ती' 'मुक्ती'! भनी
चिच्याउनु पर्ने थिएन,
कल्पकल्पान्तर
सुख र सम्वृद्धीको चाहनामा,
कसैको दासत्वमा रुमल्लिनु पर्ने थिएन
मैले,
सतलज मुक्तीकै लागी लडेको थिँए
टिस्टा र काङ्गढा स्वाधिनाताकै लागी लडेको थिँए
पन्च र राणा छत्तिस र छयालिसको
आलो डाम कस्लाई पेस गरु...?

आज मलाई दुखेको छ

एया भन्नु किन पाउदिन  ?
आज मलाई पोलेको छ
आथा भन्नु किन पाउदिन ?
आज मलाई थिचेको छ
मिचेको छ किचेको छ,
म मान्छे हुँ
मलाई अन्याय भो भन्न किन पाउदिन ?
सल्यान र सल्लेरीको मेरो युद्ध
अर्धचेतनाको मुकाबिला रहेछ
देउखुरी र मन्थलीको मेरो रगत
अर्धचेतनाको उपज रहेछ,
फलस्वरुप,
मुक्तीका सपना बाड्नेहरुले बाडीरहे -शिक्षा दिएनन
क्रान्तीको कुरा गरीरहे -आफु युद्धमा गएनन
बन्दुकको कुरा गरे- आफुले पड्काएनन
बारुदको कुरा गरे - आफुले छोएनन
रक्तरञ्जित क्रान्तीका गीत गाए- सङ्गीत कहिल्यै सिकाएनन
क्रान्तीका ठुला ठुला
सभा र भाषाण भए -भाषण सुन्ने क्रान्ती नबुझेकाहरु थिए
अनी मेरो देशको मुक्तीको सपना -अधुरै रहयो
मेरो अनुवङ्शको उद्धार- कहिल्यै भएन
छातीमा बलेको आगो -कहिल्यै निभेन

अब त म,

क्रान्तीको सिकाइ, मुक्तीको बिकास
सरलबाट जटिलतिर
प्रत्यक्षबाट अप्रत्यक्षतिर लादैछु
क्रान्तीको गीत गाउँनु अघी
सङ्गीत सिक्दैछु
अर्काले दिएको बारुद होइन
म्याग्नेसियम र सल्पर
सोडा र गन्धकसग मितेरी लाउदै छु,
कसैले हातमा थमाएको बन्दुक होइन
चालको नियमलाई बुझेर
कृया र प्रतीकृयाको समान बलले पड्काउदैछु
अनी बलात्‍कृत मेरा बस्तीका
चेलीहरुलाई भुट्टो र सुकीसग परिचित गराउदैछु
क्रान्तीको चुम्बनले भुलाउनु पर्दैन
मैले चुम्बक बुझेको छु
क्रान्तीको झुट आकर्षणले डुलाउनु पर्दैन
मैले गुरुत्व बुझेको छु
अनी आव्हान छ मेरो
" ए !गणतन्त्रकी छोरीहरु !
क्रिप्टोन जेनेन राडन र आर्गन झै
किन निस्कृय बस्छौ "?
पड्काइ देउ क्युरीका रेडियमहरु!!........"
म चेतनाको सङ्गीनले
सम्ब्रिद्धी, मुक्ती र स्वाधिनाताको बागडोरा सम्माल्दैछु ....

No comments:

Post a Comment