Thursday, March 24, 2011

"बहानाको दिन थियो"



होली खेल्न गए म त बहानाको दिन थियो
कसै सग नाता गास्ने लहनाको दिन थियो ।१।


बोलाइ रहने लोला बोकी बाटा भरी कुन्नी कस्ले
सुनिन ती बैशे निम्तो सजनाको दिन थियो ।२।


फरिया नी छ्याप्पै थियो घोलिकन रातो रंग
छर्कि दिदा सेतै जल श्रीजनाको दिन थियो।३।


लोला गोला कालो रातो मैले छोइ छामी दिदा
साथै हुने पिचकरी गहनाको दिन थियो ।४।


सप्तरङी रंगभित्र पासो पनि घोली त्यहा
जिन्दगी त्यो जित्नु पार्ने चाहानाको दिन थियो ।५।

No comments:

Post a Comment