Monday, March 7, 2011

"मेरो राष्ट्र! भन्दै भन्दै"

"मेरो राष्ट्र! भन्दै भन्दै"

जिन्दगीका अन्त मसी त्यहीनिर पोख्यौ किन

'मेरो राष्ट्र!' भन्दै भन्दै बाँकी शब्द रोक्यौ किन ?

राष्ट्र फेरी अमर गीता तिम्रै बरदान यो

बिछोडको शख ढोल हामीबिच ठोक्यौ किन ?

रहनु थियो जुनी जुनी यो भुमीमा जिबित

यती ठुलो राष्ट्र भक्ती आँखा चिम्ली बोक्यौ किन ?

कर्मठ सपुत योद्धा बाँच्छ यो भुमीमा भन्दा

अर्कै लोक यात्रा फेरी आजै मिती तोक्यौ किन ?

जिन्दगीका अन्त मसी त्यहीनिर पोख्यौ किन

'मेरो राष्ट्र!'भन्दै भन्दै बाँकी शब्द रोक्यौ किन ?

[सन्त नेताका अन्तिम मसी ,अन्तिम शब्द अनी जीवन अन्तको यो घडीमा दिवङ्गत

आत्माको चीर शान्तीको कामना गर्दछु ]

No comments:

Post a Comment