गजल देशको लागी पसिना मैले बगाउनै बाँकी छ
गरीबी पिडा रोदन त्यहा भगाउनै बाँकी छ ।१।
फाटेको चोली फरिया दौरा घाम पानी छेक्दैन
च्यातेको फ्याकी पौरखी नयाँ लगाउनै बाँकी छ ।२।
ताकेर बस्दा अरुको मुख भोकभोकै परिन्छ
गरेर खान हातले आफै अघाउनै बाँकी छ ।३।
कसरी भनु समाज अझै औसीको रातमा
सुतेको बस्ती ठोसेर मैले जगाउनै बाँकी छ ।४।
ताछेर हलो बाबाको हात थकाइले झर्यो नी
बसिला लिइ राबोले मैले सघाउनै बाँकी छ ।५।
[झ्याउरे लयमा रचित गजल ]
बुद्धि मोक्तान
ताप्लेजुङ्
कोरिया
No comments:
Post a Comment