Monday, March 7, 2011

कबिता- "चराहरुको प्रश्न मेरो उतर"

"चराहरुको प्रश्न मेरो उतर"

एक हुल भङ्गेराहरु
आकाशमा उड्छन
छानाभरी पखेटा
फिझाउदै बस्छन
चु.. चु.. गर्दै प्रश्न गर्छुन
'अन्न बिझ कतै छैन ?'
तिनको भावना बुझेर
उतर दिन उत्सुक हुन्छु
'देखेनौ आगनभरी छरिएका कनिका
आउ बस, खाउ अनी जाउ'।

भङ्गेराका हुलहरु बाटो लागे
आकाश छुने गरि
कतै लडाइ हुदैछ
सिपाही दगुरे झै
एक हुल करयाङ्कुरुङ
आकाशमा आए
हावामा हुकिन्दै प्रश्न गर्छन ,
"काक्रा फर्सी रोपेउ त ?"
म भित्रको मानब सम्बेग चनाखो हुन्छ

हतपत फर्सी छिनालेर बिझ निकाल्छु
कुटो उच्चाल्छु
माटो पल्टाउछु
अनी काक्रा फर्सी रोप्छु ,
धन्य चरी तिमीलाई !

गोधुली साझ,
सितल पवनसग मेतरी लगाउछु
नजिकै देबदारको रुखबाट
नजिकै चिमलको रुखबाट
एउटा चरी बोलीरहन्छे,
"बिउ छर ", बिउ छर  "
मन मनै चरीको ध्वानीमा
मस्तिशक डुलाउछु
कृषिमा आश्रित
मेरो दुई करोड आत्माहरु भोकै नहौउन
गरीबिको मलामीबाट शोकले नरोउन
फाली र बसिला
करुवा र हसिया
छेउ र भिता
फुर्के र माले
बिरौटामा फापर फलाउन
बिउ छर्दैछु धन्य छ चरी!
म बिउ छर्दैछु।

त्यो कालीबन ,त्यो आप्पानी पाखा ,त्यो जङल ,
अर्की एउटी चरी बोल्छे " बित्यो " बित्यो "।
म झसँङ हुन्छु!मुग्लानमा आरा काट्न आएको म ,
प्रबाशमा पसिना साट्न आएको म
अर्काले फालेको चाट्न आएको म
के बितेन ......? धरै बित्यो!
के घुमेन ......? धरै घुम्यो!
सङिनीको माया घुम्यो
पिरतीको छाया घुम्यो
घर छाउन बित्यो
बहर दाउन बित्यो
सुकिला लाउन बित्यो
बाबा बिते आमा बितिन !
या मेरा बालबच्चा नी... ?
मेरो मानब सम्बेग
सपना र बिपनाको दोसाधमा
मुग्लानबाट स्वदेश लाग्छ
छिनभर मै, तुरुन्तै ,
अहिले नै, भखरै.....!

चराहरु बोल्छन 'काफल पाक्यो रे',
कतै प्रेममा ढुकुर कुरले रे, कतै कोएली रोइ रे,
कालीबन, भद्राइ चरा बचेरा समाल्छे,
दमाइ चरा सिपले गुड बनाउछ
म हेरी रहन्छु
टोलाई रहन्छु
अर्को एउटा चरा
प्रश्र्नको  भारी थुपार्छ,"
"मेरी सिता देखिस की ?""मेरी सीता देखिस की ?"
म भित्रको मानब सम्बेग
टुट्न टुट्न खोज्छ,
मनको आधी
फुट्न फुट्न खोज्छ
हे चरी !
यती ठुलो जङलमा,
तिम्री सिता कतै छिन्
कतै बाट आउदैछिन
सङ्गीनी  बियोगको मेरो मुटु!
सङ्गीनी बिनाको मेरो दिल !
म पनि खोजी रहेछु
म पनि रोजी रहेछु
म बचन  दिन्छु
तिमी, तिम्री सिता भेटाउछौ
तर,

मलाई फेरी कहिल्यै नसोध है!
"मेरी सीता देखिस की ?"
"मेरी सीता देखिस कि?"


No comments:

Post a Comment