भमराले रस पाउछ, बगैचाले फूल
रातले पनि जुन पाउछ, म त रनभुल ..
आकाशलाई तारा हजुर रातै झलमल
बिहानीले शित पाउछ म चाँही अलमल ..
जिब नै हो जुनकिरी उस्ले पायो दिप
हावा सरी जिबन उडयो न हार र न जित ..
फुलहरु गोडमेल गर्न बगैचालाई माली
गीतले पनि संगित पाउछ म चाँही सधैं खाली ...
बिच बगर हुरी चल्दा खै के पो समाउ
बालुवाले किनार पाउछ खै त मेरो ठाउँ.... ?
प्रितहरु साकार पार्न भङेरिलाई डाली
खुल्ला पाना अक्षर पाउछ म त सधैं खाली...
आमा बाबु जस्का छन उसैका छन साथी
खोल्सी पनि फडके पाउछ मान्छे पुग्छ माथि ...
धर्ती भरी प्रकाश छर्दा म छु टुकी बाली
गीतले पनि संगित पाउछ म त सधैं खाली...
No comments:
Post a Comment