आइ देउ अब मेरो दिलमा, घुन्टो ओडेर......
मेला पात घास दाउरा, धन्दा छाडेर ...........।
लाख जूनी बाच तिमी सबैले नै भन्थ्ये
हजारमा एक होला तिमलाई चिन्ने मान्छे
आइ देउ अब मेरो दिलमा, घुन्टो ओडेर......
साथी सङ्गी भन्दा अर्कै नाता जोडेर
मैले होईन तिमिलाई तिमी मलाई चिन
सत्यताको मेरो प्रेमलाई कर्मठाले किन
आइ देउ अब मेरो दिलमा, घुन्टो ओडेर......
मेला पात घास दाउरा, धन्दा छाडेर ...........।
म भन्दिन निर्दोश छु पापी सन्सारमा
म भन्दिन कठोर छु कोमल हिर्दयमा
कोमलताको भासा बुझ्न मलाई छामी हेर
निर्दोशताको पाठ बुझ्न मलाई डोरयाइ हेर
आइदेउ अब मेरो दिलमा,डोली चडेर......
आमा बाबा दाजु माइती, अन्तै छाडेर .......।
No comments:
Post a Comment