Thursday, April 28, 2011

वर अग्ला पर धनी


वर अग्ला पर धनी बीच   मा मेरो गन्ती छैन
भत्किएको जिन्दगानी पीच  मा मेरो गन्ती छैन

कर्म गरि फल टिप्छु भाग्य दोषी किन हुन्छ
हार धरै गणना भो जीत मा मेरो गन्ती छैन

साउनका खहरे ती  प्याला धरै पोखे मैले
दाजु भए दुष्ट किन तीज मा मेरो गन्ती छैन

रुप रङ्ग राम्रै लिनु भन्दै स्वार्थी मान्छे हरु
घोली दिदा सेम्फु पानी फिंज मा मेरो गन्ती छैन

हेपिएको सानो होचै तोकी पाउ मेरो ठाउँ
स्विकार्छु नी भन्दा फेरि निंच मा मेरो गन्ती छैन

नाता खुनको मुल्य सस्तो भयो सुनको अघि
मुल्य त्यही मान्छे हुने चिज  मा मेरो गन्ती छैन




No comments:

Post a Comment