तोते बोल्दै फकाउँछु म तिम्रो कान्छा काका
लिटो पिठो पकाउँछु म तिम्रो कान्छा काका
रुनु हुन्न चुप बस पाकि सक्यो अब
दुध घोली चखाउँछु म तिम्रो कान्छा काका !
कस्ले खान्छ? नानी बाबु ! कती खान्छ? धेरै..
अन्तिम् गाँस सकाउँछु म तिम्रो कान्छा काका!
सुत है ल अब तिमी म जान्छु नी काममा
काखै माथी थकाउँछु म तिम्रो कान्छा काका !
थाकेको छु म पनि त यता उता गर्दा
तिमी सँगै झकाउँछु म तिम्रो कान्छा काका !
सुत्ने हो की नसुत्ने हो आँखा झिम्क्याइ दिँदा
प्रश्न सोधी बह्काउँछु म तिम्रो कान्छा काका !
No comments:
Post a Comment