आज गजल कबिता लेख्दिन है म
त्यो लेखेर गासबास देख्दिन है म ।
उर्ली दिदा भावनाको ठुलै खहरे
बग्ने मनको दुवाली छेक्दिन है म ।
बियोगको आँशु पनि मसी बन्छु रे
एक्लो ज्यान त्यत्रो पिडा थेग्दिन है म ।
मौनतामा स्वास फेर्छु धन्दा सकेर
जलनको तातो रबी सेक्दिन है म ।
जुर्ने दिन साइतमा लेख्छु जरुर त्यो
आजै का ती चिल्ला ढोका टेक्दिन है म ।
No comments:
Post a Comment