तिजको निम्तो दिनलाई आए
चेलीलाई माइत लिनलाई आए ।
बुइ बोकी न्याम खुवाउने दिदी !
त्यो दिनको ॠण फिराउन आए ।
तिजको निम्तो नआउँदा खेरी ,
फाटेको त्यो मन सिलाउन आए ।
खानु र लाउनु के ठुलो हो र,
माइतीको ममता खिलाउन आए ।
रोकी देउ अब ती प्याला आँशु,
त्यै आँखा भित्र बिलाउन आए ।
तिजको निम्तो, दिनलाई आए
चेलीलाई माइत, लिनलाई आए ।
No comments:
Post a Comment