Tuesday, April 26, 2011

लोभ्याउने लाली

पिरती लोभ्याउने लाली छ
र पनि त्यो ठाउँ खाली छ

नागबेली चुल्ठी छ गुथेको
सिउदोमा चादनी बाली छ

छिनेको बारुली कम्बरको
हिडाइमा बिल्लीको चाली छ

अधरको मोहनी कोकिल स्वार
नगरा सङ्गीतको ताली छ

जिवनको फुल गोड्ने हो
बगैचा नजिक माली छ

'बुद्ध'को  भक्तिनी उनी हुन
प्रतिमा आगाडी थाली छ ।

No comments:

Post a Comment