Tuesday, April 26, 2011

आज आयौ सपनीमा

आज आयौ सपनीमा प्यासी बनेर
उष्ण ओठ न्यानो माया देउन भनेर
हास्न पनि हास्दै थियौ बोल्न पनि बोल्यौ
बिपनीमा जस्तै गरि हिर्दय तिमिले खोल्यौ
आज आयौ सपनीमा प्यासी भनेर
उस्न ओठ न्यानो माया देउन भनेर।

बिछ्यौनाको सिरानीमा तिम्रै तस्बिर थिए
नचाहादै यी नयनहरु त्यतै डुल्दै थिए
थकान शरीर मिठो निदमा पर्न खोज्दै थियो
प्रवाशीका मनहरु पिरले पोल्दै थियो  
एकैछिनको निदमा आयौ प्यासी भनेर
नम्र बोली मिठो माया देउन भनेर ।।।


जहाज चढी म पनि त स्वादेश आउदै थिए
प्रवाशका सबै दु:ख त्यहि छाडी दिए 
चुरी पाउजु झुम्काहरु छिन् छिन् गर्दै हुँदा
असीमा प्यार भरिन्दैथ्यो मैले तिम्लाइ छुदा
आज आए सपनीमा लाउरे बनेर
उष्ण ओठ न्यानो माया देउन भनेर ।।।   

कोठाभरी सम्झनाका चिट्ठी पत्र थिए
मेटी जाने अक्षर पनि बाच्ने आधार भए
कामबाट फर्कि आउदा रात ढल्दै थियो
प्रवाशीका मन हरु झन झन गल्दै थियो
एकैछिनको निदमा आयौ प्यासी बनेर
नम्र बोली मिठो माया देउन भनेर

आज आयौ सपनीमा प्यासी बनेर
उष्ण ओठ न्यानो माया देउन भनेर

No comments:

Post a Comment