प्रकाशित रचनाहरु
कथा
कबिता
गजल
गीत
घायलको तरही मुसायरा
फोटो
फोटो ग्यालरी
Wednesday, August 10, 2011
फर्की मेरै सानो बस्ती
फर्की मेरै सानो बस्ती जीर्ण तुल्य बाटो हेरे
नरम् जति बगी गए ढुङ्गा छोइ माटो हेरे
नौलो लाग्यो आफनै बारी खुम्चिएछ ठुलो गर्हो
अली उजाड् लाग्दा बस्ती भित्ता कान्ला पाटो हेरे
पीडा मात्र छैन बस्ती कतै धेरै मस्ती पनि
धनी धेरै माथी तर गरीबीको फाटो हेरे
किन यति पछि पर्यो नयाँ युग्मा मेरो बस्ती
छ की छैन साँझ पाक्ने डालीतिर आटो हेरे
मन थामी खुशी बाड्छु झर्न झर्न खोज्छ आँशु
नदेखिने आफै भित्र आफनै मन्को गाँठो हेरे
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment