हजारौमा एक छानी फूल माला उने मैले
प्रीत गाँसी जीन्दगीको ताना माना बुने मैले
लाखौं थिए आँखा तर्ने एक रोजे मन पर्ने
सलाम् बिन्ती अरुलाई सबै बाटो थुने मैले
धेरै थिए भत्किएका रहर ती जिन्दगीमा
साथ हुँदा प्रियतम पिडा सबै तुने मैले
भो है ठुली !घर जम कठोरको बाटो भन्थे
छानी छानी त्यहि बाट सङ्घर्स नै चुने मैले
बाटो पक्री अघि बढे प्रियतम थिए साथ
फर्की हेर्दा बज्यो ताली जैजैकार सुने मैले
[जैजैकार-जयजयकार ]
नोट - घायलको तरही मुसयरा -१८ को लागि दिएको मिसराको आधारमा कोरिएको गजल यहाँहरु सामु बाडेको छु कमी कम्जोरी र गल्ती औल्याइ दिनु होला /

No comments:
Post a Comment