भाइ टीका लाउने मौका चुकायौ की मेरी दिदी!
सयपत्री फूलको माला सुकायौ की मेरी दिदी !
सम्झि सम्झि बाटो हेर्दा भाइ आउन ढिला हुँदा
बाहिर हाँसो भित्र पीडा लुकायौ की मेरी दिदी !
यो साल त यस्तै भयो पछि आउछौ तिन्ले भन्दा
कोमल मन भित्र भित्रै दुखायौ की मेरी दिदी !
सधैं तिहार अध्यारोमा कलस ढली दियो निभ्दा
निधार ठोकी आफ्नै हात थुकायौ की मेरी दिदी !
काग तिहार गाई पुजा गर्न तिम्ले बिर्सिदिदा
नमिठा ती स्वरमा कुकुर भुकायौ की मेरी दिदी

No comments:
Post a Comment