Monday, November 21, 2011

'चाँदनीको नौलो रात मा'ग्या

रगतको मिल्ने जात मा'ग्या थिए तिमीसँग
मृत्‍यु टारी ज्यूँन साथ मा'ग्या थिए तिमीसँग

धमनीमा रगत सुकी शक्क्ती शून्य ढल्दा जीवन 
सहारा ती दुई हात मा'ग्या थिए तिमीसँग

शल्यक्रिया पूर्व साँझ बेहोसमा कराउदै  
तातो पानी गिलो भात मा'ग्या थिए टाईमएसँग

आँशु  झारी शय्या छोड्दै परन्तु त्यो मृत्‍यु अघि
जीन्दगीको अन्तिम बात मा'ग्या थिए तिमीसग 
अङ्ग अङ्ग चिरफार भइ नयाँ जीवन पाए भने
'चाँदनीको नौलो रात मा'ग्या थिए तिमीसँग'

No comments:

Post a Comment