Monday, November 21, 2011

टाढा भए

मेरै सामु अरु लाइ चाट्यौ र पो टाढा भए
झुट्टो मायाँ पोया गास्दै बाट्यौ र पो टाढा भए

पुर्व जादा पश्चिम थियौ पश्चिम फेरी अर्कै भयो
किन यस्तो भन्दा प्रिये! ढाट्यौ र पो टाढा भए

हर पलै भक्त भइ पूजा मैले गर्दा गर्दै
एता दिने मायाँ उता साट्यौ र पो टाढा भए

आँगन पोली बाँधिएको हाम्रो हल बिर्सिएर
काँध एकै जुवा दुई आट्यौ र पो टाढा भए

ढाक् छोप् गरी कति राखु समाजको दायरामा
इज्जतले प्वालै प्वाल फाट्यौ र पो टाढा भए

No comments:

Post a Comment