संम्झेर पिढीमा बसेकी आमा
लडेर छिडीमा पसेकी आमा
उचाली जुरुक्कै सम्माल्न आएँ
ऋणको दल्दल्मा फसेकी आमा
गौरबको पौरख म खान्छु भन्थिन
भोकोपेट पटुकी कसेकी आमा
फोक्ल्यान्ड युद्धमा म लड्दै हुँदा
घरैमा अबिर घसेकी आमा
हेरन हेर लौ जीत को तक्मा
खुशीले मुहार रसेकी आमा
No comments:
Post a Comment