Sunday, December 18, 2011

न तातो न गर्मी

न तातो न गर्मी किन पोल्छ छाती ?
जहाँ पोल्छ त्याँ छोयो झन् माथी माथी !

यो पोल्छ अति नै, कहाँ पोल्छ पोल्छ
छुदैन दवाइले  किन हो साथी ?

छ भित्र कहाँ छ, आँफैमा छ र त
सन्ध्या के प्रभा के, धेरै पोल्छ राती

म बाँचु म हाँसु अनी नाँचु भन्दा
न निको रोग यो के हुन्थियो जाती

हुँदा म ब्यथामा  टक्र्याउन आयौ 
के अर्थ रहला खै फूल र पाती ?

No comments:

Post a Comment