Sunday, January 22, 2012

जवानी छरेर हुर्किछ्यौ माधुरी!

जवानी छरेर हुर्किछ्यौ माधुरी!
 भनेको थोरैथ्यो फुर्किछ्यौ माधुरी !


 आँखामा गाजलु पोतेर तिमी त
 परेली सबै नै खुर्किछ्यौ माधुरी !

 प्रितको चाहना बोकेर मनमा
 जवान सामुन्ने घुर्किछ्यौ माधुरी !

 वसन्ती जवानी मुहान रसिदा
 रङ्गिन थोपामा तुर्किछ्यौ माधुरी ! 

 छल्किदो जवानी उधाङ्गित भयो कि  
 कसिलो चौबन्धी सुर्किछ्यौ माधुरी

No comments:

Post a Comment