स्वामी भनी पूज्न पाए पति भनी झुक्न पाए
कस्तो हुन्थ्यो मेरो जीवन त्यो मन्दिरमा लुक्न पाए !
फूल माला उन्थेँ होला उनै प्रिय चुन्थेँ होला
साथी संगी भन्दा अघि मैले त्यहाँ पुग्न पाए !
तन मन चिसो गरी बसुँ कति मन्दिर वारी
दर्शन गर्न छिर्थेँ भित्रै चिसो बर्दी सुक्न पाए !
रीति थीति मान्ने थिएँ चुल्हो चौका धान्ने थिएँ
को हौ? भन्दा समाजमा, उन्को भनि उठ्न पाए !
जवानी यो बाधुँ कति चौबन्दीको तुना कसी
सार सिद्ध हुन्थ्यो जीवन उन्को हातले फुक्न पाए !
No comments:
Post a Comment