Thursday, April 26, 2012

भरिएछ गह पनि

अनायसै आज किन भरिएछ गह पनि
सुकाउँछु भन्दा भन्दै छल्की दियो दह पनि



भरिएको गह बोकी बाटो खोज्दा अध्यारोमा
धर्ती किन उज्याल्दैन? यही बेला टह पनि

टहै बिना भए पनि भाग्य कोर्छु भनेकोथेँ
ठेस लाग्यो त्यहीनिर पोखियो कि सह पनि

छल्किएका दहहरु साम्य शान्त पार्छु भन्दा
सधैं हलचल हुन्छ किन?मेरो मात्र बह पनि

दर्जा श्रेणी के के मिलान भन्छन आज मान्छेहरु
देखिन त कुन होला मेरो आफ्नो तह पनि
  

No comments:

Post a Comment