Tuesday, May 22, 2012

अनौठो यात्रा गरायौ पापी!


अनौठो यात्रा गरायौ पापी! 
हिडाई आँफै डरायौ पापी !

तमोरै  वारी बसेको बेला 
सुसेलो हाल्दै करायौ पापी!  

नजानी बाटो नलागौ भन्थेँ 
समाई च्याप्पै तरायौ पापी!  

ठिकै थ्यो बाटो किनारा त्यहाँ 
(चिप्लेटी) स्वाङ्ले लडायौ पापी!  

कहानी फेर्दै सिमाना पारी 
नियोक्ता भै पो अर्हायौ पापी !

गुलामी भो की चिनारी मेरो 
गवाही रोगी भरायौ पापी!

[छन्द -जवा कस्तूरी ]
पोस्टराज सरको 
ISS SSI SSS S
[५ अक्षरमा बिश्राम]

No comments:

Post a Comment