कस्ता कस्ता लेखे कुन्नी संबिधानका धाराहरु
छुन्छ छुन्न रोल्पा रुकुम दुनै माडी खाराहरु
धारा भित्र उपधारा भाग अनी अनुसुची
छुनै पर्छ प्रत्येकले हिजोका ती नाराहरु
पैलो धारा यस्तो होस छाती फुलोस् गौरबले
फुट्ने हैन जुटाउने परासी र बाराहरु
कानुन् भित्र बाँच्न पाऊ यसै भित्र नाँच्न पनि
हेर्दै हेर्दै प्रकृतिका सम्पदा ती राराहरु
न्याय शान्ति मुक्त्ति पाइ देशै हुँदा झिलिमिली
मुस्कुराउँछन् अनी मात्रै शहीद ती ताराहरु

No comments:
Post a Comment