Wednesday, September 26, 2012

प्रदेशका दशैंहरु

प्रदेशका दशैंहरु


कति नयाँ बर्ष मनाउँछौ
कस्ता कस्ता नयाँ बर्ष मनाउँछौ
कस्ता कस्ता चाडपर्व मनाउँछौ
कस्ता कस्ता दशैं मनाउँछौ
कस्ता कस्ता तिहार मनाउँछौ
जहाज चढेर प्रदेश लागेपछि....
जन्मभुमी छाडेर टाढा भएपछि...



कहिले अल्लाहामा खुम्चिन्छौ अरे
कहिले इदमा रमाउँछौ,
कहिले क्रिसमसमा कराउँछौ अरे
कहिले नयाँ बर्षमा धर्मराउँछौ
अनी,
कहिले सलनालको सन्दर्भमा
सउलको चिसो सिरेटोले
मुटु कमाउँदै
खुशीका  सुचकले
चुसकमा प्रफुल्ल हुन्छौ रे...
खै म कसरी,
त्यो वास्तविकतालाई बोध गरुँ
प्रदेशका तिम्रा ती नयाँ बर्षहरु
प्रदेशका तिम्रा ती दशैहरु
प्रदेशका तिम्रा ती पर्वहरु !


आज
एक पल्ट फेरी
कर्ण फुस् फुस् यन्त्र मार्फत
सन्देश सप्रेसण गर्‍यौ
शुभकामना ट्क्र्यायौ
चुसकको भन्दै !
खुसी र संम्ब्रिद्धी कामना गर्‍यौ
प्रदेशका दसैंको  भन्दै !
'वल्लो घाट न पल्लो तिर'
न मैले चुसकको मर्म नै बुझ्न सकेँ
न प्रदेशको दशै  नै अनुभुत गर्न सकेँ
यसको अलाबा,
म त
सल्यान र सल्लेरीका उकालाहरुमा
एक ढाकर नुन बोकी,तोक्मा टेकाउँदै
भारीवाल चौरी र खच्चडहरुलाई
अघी अघी  बाटो देखाउदै
स्वादेशका छाप्राहरुमा दसैं भित्र्याउँन
सुसेली र बयली संगै बाटो काटन तल्लीन छु

 
तिम्रो चुसक
तिम्रो महान पर्व
तिमी रम्दै गरेको परीबेश 
सुन्दर नगरको बगैचामा,
सिङ्गारीएको मण्ड्बमा प्रस्तुत होला
हजारौ हजार किलोवाट र 
मेघा भोल्टका
ध्वानी बक्सले सङ्गितमय होला
मेरो सङ्गीत त यही न हो
मर्स्याङ्दीको एकोहोरो सुसेली,
हलेसिको भजन,फिकलको लैबरी
तमोर र तावा, रतुवा र मावाका
निरन्तर रुखो स्वरहरु............!
तिनाउ र नारायणीका अनुद्रैदिय तरङहरु..!!


तिमी मनाउ ,
चुसक!
तिम्रो परीबेशको पर्व
प्रदेशको दशै
भिडै भिडको बिचमा ,
खचाखच् भरीएका बेन्चहरुमा
उफ्र ,चिच्याउ कराउ अनी रमाउ
क्षणिक आनन्दको लागी..!,
म त चियर र बेन्चको बदला
ढाकर बिसाएर,
धारे ढुङ्गामा टाँसिएर
तलको माइ मेला हेर्छु
माघे  मेला भर्छु,
माइधार र दोमुखामा हर्षित हुन्छु ,
मौलाहा गाढ्छु,मालश्री गाउँछु
नौरथाका बाजा बजाइ बजाइ
माने र गुम्बा नजिकै लिङ्गे हाली 
एक सर्को संगै कुर्ला हान्छु
च-चहुई....   च-चहुई.....
किन ...थाहा छ... ? 
म मा भाईचारा कायमै छ ,
प्रकृति प्रद्धत्व प्रेम कायम छ
स्वाच्छन्द र स्वातन्त्र
मान्छे हुनुको गर्व कायमै छ,
अझै भनुँ भने,
मैले देश छोडिन ..!!
मैले भेष छोडिन.. !!
'पुर्खाका गाथा,
निशाना तिनका अस्तित्वहरु'
मैले शेष  छोडिन... !!
यद्दपी मन दुखाउने छैनौ
शुभकामना छ तिमीलाई
तिम्रा परीवेशका पर्वहरुको
तिम्रो चुसकको
प्रदेशका दशैंहरुको ...
शुभकामना !!
शुभकामना !!


-बुद्धि मोक्तान  
 

No comments:

Post a Comment