Wednesday, October 10, 2012

यो छाती तिम्रै हो

यो छाती तिम्रै हो सुस्ताउ प्रिय
उदाई  यसैमा  अस्ताउ  प्रिय ।


बाँधेर मायामा अरुले लगे
तिम्रो हुँ तानेर खुस्काउ प्रिय ।

अथाह माया छ यै छाती भित्र
रितिन्न चुमेर पुष्टाउ प्रिय ।

भुलेर चाहना  म सुते  भने
सम्झाइ तिमीले उक्साउ प्रिय ।

यी नयन काफी छ छोड ती ऐना
हेरेर मुसुक्क मुस्काउ प्रिय ।

No comments:

Post a Comment