Monday, October 29, 2012

देउराली भएँ म, पाती बिनाको

देउराली भएँ म, पाती बिनाको
कैलाशमा शिवजी,साथी बिनाको


दिनलाई किनौ कि,छाडौ चुमेर,
दोधारमा पोते भो,घाँटी बिनाको

शयनमै एक्लो छु, निदै हरायो
के जिउँनु जीवन खै,राती बिनाको

झकाउँदा धपक्कै , देखेँ सपनी
झस्किन्दा जन्ती थ्यो,ताती बिनाको

बेजोड थ्यो 'बुद्धि'त,बलै पुगेन
अघोषित मान्छे म,छाती बिनाको

No comments:

Post a Comment