Monday, January 28, 2013

पर्ख है आमा !

पर्ख है आमा क्रान्तिमा छोरा गाडेको आउछ कि
सिस्नुले हानी ढुकढुकी हुँदै छाडेको आउछ कि


बिठ्याँई गर्‍यो यो देशमा कस्ले? लत्रियो शीर यो
सागबारी संम्झी ध्रुबेले जस्तै माडेको आउछ कि ।

खै कस्ले जित्यो क्रान्तिको खेल हामीले जितेनौ
तैपनि हरेश नखाउ आमा ! हारेको आउछ कि ।

धर्तीको गर्भ खाडलमा परी चिसोले काँप्दा उ
छाडेको काख सम्झेर फेरी ढाडेको आउछ कि

मारेर मान्छे क्षतिको पूर्ती रित्याउदा ढुकुटी
नलिनु दाम सपुतकी आमा बाडेको आउछ कि।






No comments:

Post a Comment