Monday, January 28, 2013

म को हुँ



म को हुँ दुनियाँ, सारालाई सोधेँ
धर्तीले बोलेन,तारालाई सोधेँ ।


बगे थ्यो रगत, काँ पुग्यो क्रान्ति
रोल्पा र रुकुम खारालाई सोधेँ ।

फुटेर गयौ कि, जुट्दैछौ तिमी
कैलाली बाजुरा बारालाई सोधेँ ।

बलात्कृत् भएँ म, खै तिम्रो न्याय
बिधान भित्रको धारालाई सोधेँ ।

देशै त बनेन,के मर्‍यौ ब्यर्थै...
शहीद भएका प्यारालाई सोधेँ ।

-बुद्धि मोक्तान

No comments:

Post a Comment