माया छैन भनुँ भने, यो मुटु मा के चै बस्यो...
सम्झे मात्रै खस्छ आँसु, बुझ्दिन म किन खस्यो..
बैश चढ्यो लाली गढ्यो, या त कुनै टुना मुना
झस्किन्छ यो देब्रे कुना,फूल हो कि काँडा पस्यो..
यो जूनीको तिम्रो माया, मै त हुँ नि भन्छु भनेँ
खोलिएन मनको गाँठो ,भित्र भित्रै के ले कस्यो..
लाली चढ रङ्ग छर, अनी लिन आउछु भन्थे
पराइ चरी फुर्र उडी, कुन जालीमा फस्नु फस्...
No comments:
Post a Comment