Tuesday, March 12, 2013

तोक्मा बजारमा



लोक गीत !
"तोक्मा बजारमा" [बुद्धि मोक्तान ]

कुम्भकर्ण हिउँ पग्ल्यो सलल
पाथिभरा देबिथान झलल
तोक्मा बजारमा....
छानेको तिमी एक, लाखौं हजारमा....



कन्चनजघा रमाइलो किरणले
भेट भयो दुखी दिन फिरानले
तोक्मा बजारमा.....
छानेको तिमी एक, लाखौं हजारमा....

रमितेमा शित र तुशारो
तिन्जुरे झै नबनाउ मन गारो
तोक्मा बजारमा...
छानेको तिमी एक, लाखौं हजारमा...

सुकेटारमा तुषारो खस्दै छ
येसो तेसो माया यो बस्दै छ
तोक्मा बजारमा ...
छानेको तिमी एक,लाखौं हजारमा...

No comments:

Post a Comment