Sunday, April 13, 2014

"योद्धाका नयाँ बर्षहरु!"

समय त्यही हुरी न हो,
आउछ जान्छ....
बिना योजना
बिना तर्जुमा
बिना तथ्याङ्क
बिना नाप नक्शा
पाइलाहरु,
नयाँ बर्षको सङघारमा
उन्मुख्त छन,
हुन सक्छ,

यो नयाँ बर्षका कुनै
दिन अतिबादको मार हान्नु पर्छ,
हानौला!
यो नयाँ सालको कुनै
दिन बिस्तारबादको टाउको निमोठ्नु पर्छ,
निमोठौला !
नयाँ सालको कुनै दिन
चेतनाको सङ्गिन उठाउनु पर्छ,
उठाउला !
मार हानेको भोलि पल्ट
टाउको निमोठेको भोलिपल्ट
सङ्गिन उठेको भोलि पल्ट
त्यो बस्तीमा
त्यो छाप्रामा
त्यो टोलमा
त्यो क्षेत्रमा
त्यो राष्ट्रमा
बिस्तारै बिस्तारै बिहानी किरणहरु
बिस्तारै बिस्तारै उषाका मुनाहरु
बिस्तारै बिस्तारै हर्षका मुस्कानहरु
अन्तुको डाँडालाइ छिचोल्दै
कन्चनघगाको शीरबाट चियाउने छ
खुशीका चादनीहरु धर्तीमा पोखिनेछन
त्यो लक्षको गन्तब्य पूर्ण नभए सम्म
ती बस्ती र ती छाप्राहरुमा
मान्छे हुनु र बाच्नुको परिभाषा बोध नगराए सम्म
योद्धाको नयाँ बर्ष टाढै रहनेछ
के हो नयाँ साल ?
के को नयाँ बर्ष?
के को शुभकामना !!

पराइको भुमिमा भट्टी बिस्फोट भएको देख्ने
आफ्नो भुमिमा मट्टी बिस्फोट भएको नदेख्ने
पराइको भट्टीको किरण फैलाउने
जनताको हड्डी दबाउने
अनी
अबोध गरीबीको आङमा लठ्ठी बर्साउने
छर्ला र गट्टीले मान्छे तर्साउने
हो यस्ता यस्तै दिनहरुमा
हो यस्ता यस्तै बिहानहरुमा
नयाँ बर्षमनाउदै गर्नेहरु!
नयाँ सालको स्वागत गर्दै गर्नेहरु!
शुभकामनाले अङ्कमाल गर्दै गर्नेहरु !
"लेट्स चेस !"
एक बोलत रंङ्गिन बियर
'योद्धाको' दाँया हल्केला चिरेर
एक गिलास रसिलो अङ्गुरको झोल
'योद्धाको' औंला चिरेर !
केवल त्यो प्रतिबादको लागि
चेतनाको सङ्गिनले
मट्टी बिस्फोटको प्रतिरक्षाको लागि
हड्डी बिस्फोटकोसुरक्षाको लागि......



पराइको आकाशमा हराएको जहाज
समुद्रमा खोजी गरेको समाचार
कान थापेर सुन्ने,
आफ्नै गुर्यानकी साँहिली र माहिली हराउदा
कानमा तेल हाल्ने
ए!कप्टी !!......
लिवाङ रोल्पा रुकुम र खारा रुवाएर
संम्बिधानको धारा हाँस्दैन, ,
संम्बिधानको भाग अनुसुची धारा र उपधारा रुवाएर
कैलाली,परासी बाजुरा र बारा हाँस्दैन
कृतिम संम्झौतामा हारेको युद्ध जितेको संम्झौता गर्ने
हारेको युद्धमा जीतको अबिर घस्ने
हारेको युद्धमा जीतको फूलमाला पहिरिनाले
प्राकृतिक रारा हाँस्दैन,
रारा त धर्ती त हो जती बलात्कार गरे पनि सहिरहन्छिन
रारा रुवाएर,साहदत प्यारा ति शहीद तारा हाँस्दैन
हो यती नै बेला
हो यही पल
नयाँ वर्षमा मनाउदै गर्नेहरु
"लेटस चेस !!
एक बोतल रंङ्गिन बिएर
योद्धाका रगत र पसिनाले
निथुक्क भिजेका मैलो गाम्चा निचोरेर ..
एक गिलास रसिलो अंगुरको झोल
एक प्लेट सितन
योद्धाका आलो रगत र फाल्साहरुको
अर्धतरल थलथलेहरु..

स्वीकार ,
योद्धाका चिरिएकाऔंला र हल्केलाहरु
रगतको मसीले कोरिएका इतीहासहरु
अनी लेख
नयाँ बर्षका शुभकामनाहरु !!
नयाँ सालको शुभकामनाहरु !!



बुद्धि मोक्तान काठमाण्डौ

No comments:

Post a Comment