देवता आफै बोल्ने मन्दिर,भेटिएन आज सम्म,
ढुंङ्गा पूज्ने ईच्छा फेरी,मेटिएन आज सम्म
घामको झुल्को भन्दा पहिले,म नै पुग्छु अन्तुडाँडा,
तर किन प्रीतको आँगन, टेकिएन आज सम्म
केले छोप्यो मनको मुना, बिछोडियो शीत संग
क्षितिज खुल्दा देख्नु थियो, देखिएन आज सम्म
एक्लो यात्री के बाँच्नु र ,भन्थे यहाँ भन्नेले त,
जीवन बुझी आफ्नै घांटी, रेटिएन आज सम्म
No comments:
Post a Comment