जीवन हाँक्न चल्छ मुटु, कहाँ पुगी रोकिन्छ यो ।
जब धड्कन चल्न छोड्छ, तब जिब्रो टोकिन्छ यो।
जब धड्कन चल्न छोड्छ, तब जिब्रो टोकिन्छ यो।
कैले पुग्छ अक्कर माथि कैले लड्छ बगर माथि
बुझ्नै गार्हो जिन्दगानी, कहाँ कहाँ ठोकिन्छ यो ।
यादको चिनो जाले रुमाल तस्बिर पनि चुमी बस्दा
जति माया संगाले नि , आँसु किन पोखिन्छ यो ?
सत्य युगको अन्त्य यहाँ भएरै त होला हजुर
चोखो माया भने पनि, पैसा संग जोखिन्छ यो ।
बाँचुन्जेल तेरो मेरो धनी गरीव भन्ने जीवन
मर्दा उस्तै लास बनाइ, बाँस माथि बोकिन्छ यो ।
No comments:
Post a Comment