"हाउ कान्छा दाई !!हाउ कान्छा दाई लु यता हेरिदिनु नि हाउ !"
पारी गाउँको भैरे, हातमा माघे संङ्क्रातिको तरुल र चाकु बोकेर हतार हतार म तिर दौडदै आयो ।
मैले पषे माघे सिरेटो छल्न मुख छोपेको गाम्चा हटाउदै भने,
--"किन घाटी फुलाएको नि भैरे ? के भयो ?"
--"किन घाटी फुलाएको नि भैरे ? के भयो ?"
भैरे,"के हुनु नि.....,तपाइ पो पढेलेखेको मान्छे.... जागिर गर्नु हुन्छ,..ढुक्क छ ,हामी त बेरोजगारी,काम खोज्यो हिड्यो । यि यो कागजमा कामको बिज्ञापन छ रे,मान्छे मागेको छ रे हेरिदिनु त ....कहाँ मान्छे मागेको रहेछ ,...मिल्यो भने म पनि जागिर खाइहाल्नु पर्यो क्या त कान्छा दाई !"
मलाई एउटा कागज दिदै भैरे टवाल्ल मेरो मुखमा हेर्नु थाल्यो ।
मलाई एउटा कागज दिदै भैरे टवाल्ल मेरो मुखमा हेर्नु थाल्यो ।
मैले कागज पढी बस्नु आवश्यक थिएन,हेर्दै सबै थाहा भएको हो, तर पनि पढे झै गरी रहेँ ।
निकै बेर म नबोली कागज हेरी बसेको देखे पछी भैरेले मेरो दाहिने कुहिनोमा घच्घच्याउँदै भन्यो ,
"कान्छा दाई काम कता रहेछ? ,कस्तो काम हो?? के म त्यो काम वा जागिर खानु सक्छु ??"
"कान्छा दाई काम कता रहेछ? ,कस्तो काम हो?? के म त्यो काम वा जागिर खानु सक्छु ??"
भैरेले दिएको कागज पट्याउदै मैले भने "हेर भैरे !काम सडकतिर, र शहीदको कोटा खुलेको रहेछ । अबो हिम्मत गरेर त्यो कोटामा जागिर खानु नखानु तेरो बिचार हो । "
भैरेले कुरा बुझ्यो वा नबुझी हो प्वाकै बोल्यो," कान्छा दाई! के भन्नु भएको ?"
--त्यती बेला सम्ममा तल मुल सड्कमा जुलुस ,टियर ग्यास,लाठी चार्ज ,फाइयरिङ्ग,भैसकेको थियो । एक जना भैरे जस्तै लक्का जवान नेपाल आमाकी छोरा हुन वा छोरी चिन्न अली गार्हो हुने गरी रगतको अहालमा छटपटाइ रहेको देखिन्थ्यो । मैले भैरेलाई यि सबै द्रिश्य देखाउदै भने ," उ तल हेर त ! तैले पाएको बिज्ञापन र कोटा पुर्ती शायद यही हो ।"
भैरे एकोहोरो भएर त्यही द्रिस्य हेर्दै थियो । उसले हेर्न अझै छोडेको थिएन ,म बिस्तारै उस्लाई छाडेर माथिलो घरे दिदीको तिर लागेँ ,वालुवामा मिलेको मानव रगत मेरा नयनले प्रतिविम्बित गर्न सकेनन र सक्दैन पनि ।
खै भैरेले त्यो कोटा पुरा गर्न जागिर खायो वा खाएन ,मैले चै माथिल्लो घरे दिदीकोमा पुगेर हतार हतार पानी मागेँ र पिएँ ।
No comments:
Post a Comment