आँधी संगै बाढी पस्यो भाग्यको यो टहरामा
साथ छुट्यो चुरी फुट्यो के गाउ गीत छहरामा
संगै यात्री भई हाम्ले पाएनौ नि क्षितिज चुम्न
आएछौ नि प्राण प्रिये यो धर्तीमा एकछिन घुम्न
चौतारी थ्यो जिन्दगीको वर ढल्यो छाडी पिपल
सिउदो पुछी एना हेर्दा हुन्न कैल्यै यो मन सितल
दुइटा मुटु एउटै हुँदा साँची थिए ध्रुब तारा
किन लग्यौ छुट्टाएर भन दैव मेरै प्यारा
बिसाउ कता मनको भारी विलौनाको रोकी बाढी
संगाल्ने छु अमर प्रित नफाटुन यी चोली साडी
No comments:
Post a Comment