Tuesday, March 10, 2015

हृदयको ढोका फोडी कहाँ उढ्यो मनको चरी आफ्नो भन्ने हुन्न रैछ खसेपछि आँसु धरी
फर्की आए बस्ने गुँड छ माया दिई बेरौला म नआए नि जानेलाई क्षितिज सम्मै हेरौला म रगत दिई गुलाब साटेँ पिंजरामा मुटु राखी छानेकै त्यो तारा खस्यो हेर्दा हेर्दै मध्य राति मनका उजाड बगरहरू बिराउँदै थेँ बिंजसँगै छातीका यी फोक्टा सुके,मरे आशा निजसँगै नङको नाता भर बिर्सी छुट्नु किन मासु पनि आफ्नो भन्ने हुन्न रै छ खसेपछि आँसु पनि हृदयको ढोका फोडी कहाँ उढ्यो मनको चरी आफ्नो भन्ने हुन्न रैछ खसेपछि आँसु धरी

No comments:

Post a Comment