Tuesday, March 10, 2015

ज्योती मागेँ आँखा संग

ज्योती मागेँ आँखा संग आँसु बग्ने खोला दियो
गुनासो छ दैव संग किन बित्ने चोला दियो एकछिन आएँ यो धर्तीमा,धर्ती मेरो बगैचा भो फूल चुम्दा माया खोजेँ,माया मेरो फलैचा भो माया सोध्छु जीवनसंग जीवन सोध्छु मायासंग बेखबरमा जिस्किएछु आफ्नै भुइको छाया संग मेरो आयु भन मुटु ! धड्किरहन्छ बताउदैन शीतकै मोती माया भन्छु ,तरेलीले पत्याउदैन बिलाई जाने शीत जस्तै दैवले यो जूनी दियो बाँच्दा केही नभए नि मर्दा यस्ले धुनी दियो

No comments:

Post a Comment