हो,
धरहरा ढलेकै हो
स्वाभिमान ढलेको होइन
धरहरा भत्केकै हो,
स्वाभिमान भत्केको होइन
धरहरा भाँचिएकै हो
स्वाभिमान भाँचिएको होइन
स्वाभिमान झुकेको छैन ,
स्वाभिमान झुक्ने छैन ।
विपतको बिलौना गाएर
आँसुको दहमा देख्दा
सबैले बिचरा भन्लान
सबैले चुक चुक गर्लान,
यति बेला
अवश्य,प्राकृत विपतका पीडित हौ
तर
भिखारी होइनौ,
घर अवश्य लडेको छ
तर
चरको अस्तित्व कायमै छ
अस्तित्वको धरोहरा त्यही बाट उठ्नु पर्छ ।
प्रकृतिको बल मापन गर्न
न्युटनको सुत्रले कहाँ भ्यायो र
अनी त मठमन्दिर ढल्यो
पाटी पौवा ढल्यो
महल ढल्यो ,घर ढल्यो
दाजु पुरिए ,भाइ किचिए ,बैनी थुनिइन
दिदी छोपिइन,आमा गाढिइन,बाबा हराए
भग्नवषेश मुनी
इट्टा ढुङ्गा भित्र
माटो भित्र ,बाँस र काठ भित्र
खवरदार !
दियो बालेर उनीहरु मरे भनी
श्रदान्जली अर्पणे होइन
उनीहरु त
ईतिहास र अस्तित्वको
अरु थुप्रै धरहरा निर्माण गर्न
आफु पुरिएर, आफु किचिएर
इट्टा उचालिरहेछन,
छातीले ढुङ्गा थेगेर
अस्तित्वको धरोहरा थामी रहेछन ।
No comments:
Post a Comment